• जेष्ठ ७ २०८३, बिहीबार

यी ५ प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

पुष २८ २०७९, बिहीबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशभरको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। पूर्वी तथा मध्य तराईका केहि स्थानमा हुस्सु लागेको अवस्था छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा तथा  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम , कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।

देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र तराईमा  बाक्लो  हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।