• बैशाख २८ २०८३, सोमबार

सभामुखको निर्वाचन माघ ५ गते हुने

पुष २६ २०७९, मंगलवार

काठमाडौं । प्रतिनिधि सभाको सभामुखका लागि आउँदो माघ ५ गते निर्वाचन हुने भएको छ ।

जसका लागि माघ ३ गते कार्यतालिका सार्वजनिक गरिने प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले बताए।

सत्ता गठबन्धनबीच भएको सहमति अनुसार सभामुख नेकपा एमालेले पाउनेछ। एमालेका तर्फबाट छबिलाल विश्वकर्मा र देवराज घिमिरेको नाम चर्चामा छ। हाल प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राणाले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन्।