• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डलाई सांसदहरुको अभूतपूर्व समर्थन

पुष २६ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । संसदमा उपस्थित २ सय ७० सांसद मध्ये प्रचण्डले २ सय ६८ सांसदको विश्वासको मत पाएका छन् ।

नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका छन् । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।

विश्वासको मतको विपक्षमा २ सांसदले मत दिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।