• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर प्रतिपक्ष भूमिका निर्वाह गर्छौः शेरबहादुर देउवा

पुष २६ २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका छन् ।

देउवाले विपक्षमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताए ।

विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले महत्त्वपूर्ण राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताए ।