काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । एमालेसहित ७ दलको १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २७२ सांसदको मत पाउने देखिएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।
संसदमा प्रचण्डको पक्षमा नेपाली कांग्रेसको ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसद रहेका छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले मतदान गर्ने पाउँदैनन् । प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।