काठमाडौं । एमाले त्याग गरेर मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा रहेका छन् ।
पार्टी प्रवेश अघि भुसालले एकीकृत समाजवादीको एकता कार्यदललाई कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव पनि पठाएका छन् ।