• जेष्ठ ७ २०८३, बिहीबार

मौसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु,हिमाली क्षेत्रमा हिमपात

पुष २६ २०७९, मंगलवार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु लागेको छ।आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू-भागका हिमपात र तराईमा  बाक्लो  हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।