• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनेमा म ढुक्क छु : केपी ओली

पुष २५ २०७९, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका हुन् ।

‘भोलि विश्वासको मत लिँदै हुनुहुन्छ प्रधानमन्त्री जीले, म ढुक्क छु उहाँले प्राप्त गर्नुहुनेछ,’ उनले भने, ‘आजै पनि म उहाँलाई बधाई दिन चाहान्छु । सरकारलाई बधाई दिन चाहान्छु र चुनौती छन् भन्ने स्मरण गराउन पनि चाहान्छु । सहज परिस्थिति छैन ।’

देशले नयाँ परिवर्तन खोजेको संकेत चुनाव अघि नै गरेको पनि उनले बताए । यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताए । पार्टीहरू थुप्रै भएपनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको उनले बताए ।