• बैशाख २८ २०८३, सोमबार

राप्रपा अस्थिरताको कारक बन्दैनः राजेन्द्र लिङ्देन

पुष २५ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले जनादेशको सम्मान गर्दै आफूहरु अगाडि बढ्ने बताए ।

‘राप्रपा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाहको मुद्दामा विगतमा झैं दृढतापूर्वक उभिने छ। हामी अस्थिरताको कारक बन्ने छैनौँ,’ लिङ्देनले भने।