• बैशाख २८ २०८३, सोमबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

पुष २५ २०७९, सोमबार

काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले ७० जना सांसदको समर्थन पाएका छन् । उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।