काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गुजरातबाट टिकापुर आउँदै गर्दा लखनउमा दुर्घटना भइ ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री प्रचण्डले मृतकका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
उनले भनेका छन्, ‘भारतको गुजरातबाट लखनउतर्फ यात्रारत बस दुर्घटनामा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको छ। दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
भारतको गुजरातबाट लखनउतर्फ यात्रारत बस दुर्घटनामा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको छ। दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
— PMO Nepal (@PM_nepal_) January 9, 2023