• जेष्ठ ७ २०८३, बिहीबार

यी ३ प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

पुष २५ २०७९, सोमबार

काठमाडौँ । देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ।

सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि मङ्गलवार पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।