काठमाडौं । शिक्षिकाको लापरबाहीबाट सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।
छात्राले पेट दुखेर पानी औषधि खान पानी माग्दा शिक्षिका अम्बिका लम्सालले पानीको साटो झुक्किएर स्प्रिट दिदाँ त्यो खाएर छात्रा सिर्जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिर्जनाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो । शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्यु भएपछि आज विहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।