• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्रीद्वारा माधव नेपाल र उपेन्द्र यादवसँग विश्वासको मत माग

पुष २४ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई विश्वासको मत आग्रह गरेका छन् । आज (आइतबार) प्रधानमन्त्रीले अध्यक्षद्वय नेपाल र यादवसँग भेटेर्रै विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । यसअघि आइतबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । यस्तै जसपा अध्यक्ष यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै शंका नै नरहेको बताएका छन् भने एकीकृत समाजवादीका अध्यक्ष नेपालले कुनै प्रतिक्रिया दिएनन् ।