• जेष्ठ ७ २०८३, बिहीबार

महाकालीको तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता, प्रहरी घटनास्थलतर्फ जाँदै

पुष २३ २०७९, शनिबार

काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा रहेको तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको व्यास गाउँपालिका-४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा स्थानीय १० वर्षीय बालक दीपक बिष्ट खसेर बेपत्ता भएका हुन् ।

गाउँपालिका उपाध्यक्ष विनोद कुवँरका अनुसार ती बालक नेपालबाट भारत जाने क्रममा बिहीबार बेपत्ता भएका हुन् । ‘आमाको पछाडि लागेर ती बालक पनि गएका रहेछन्’ उनले भने,‘अहिले उनकी आमालाई भेट्न गइरहेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले भने यसबारे भर्खरै अपुष्ट खबर आएको बताउँदै घटनास्थलमा प्रहरी पठाइएको जानकारी दिए ।