• बैशाख २८ २०८३, सोमबार

माधव र देउवाबीच भेटवार्ता, के भयो कुरा ?

पुष २२ २०७९, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।

देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो । शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरूले पनि देउवालाई भेटेका थिए ।