• बैशाख २८ २०८३, सोमबार

आज न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक बस्दै

पुष २२ २०७९, शुक्रबार

काठमाडौँ । आज न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताएका छन् । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ ।

विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ ।

यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने जनाइएको छ ।