काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्।
उनले ज्ञानेन्द्रसँग बिहीबार करिब डेढ घण्टा लामो संवाद भएको जनाएका छन्। यसलाई मिश्रले १५ वर्षपछिको प्रेमपूर्ण भेट भनी सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
मिश्रले ज्ञानेन्द्रसँग भेटपछि देशमा राजसंस्था अपरिहार्य भएको तर्क गरेका छन्। उनले चुनावअघि पनि राजतन्त्र र हिन्दु राज्यको खुलेर वकालत गर्दै आएका थिए।
‘१५ वर्षपछिको प्रेमपूर्ण भेट, असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता/सौम्यता/समझदारी/देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था’, उनले भनेका छन्, ‘बढ्दो भूराजनीतिक/आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष!’
१५ वर्षपछिको प्रेमपूर्ण भेट!
असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता/सौम्यता/समझदारी/देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक/आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।+ pic.twitter.com/tnUKs7Pibj
— Rabindra Mishra (@RabindraMishra) January 5, 2023