• बैशाख २८ २०८३, सोमबार

कांग्रेस संस्थापनइतर नेता शेखर-गगन समूहको बैठक बस्दै

पुष २१ २०७९, बिहीबार

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरका नेता डा.शेखर कोइराला–महासचिव गगनकुमार थापा समूहको बैठक बस्ने भएको छ । आज (बिहीबार) उक्त समूहको बैठक बस्ने भएको हो । कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलो पटक शेखर–गगन समूहको बैठक बस्न लागेको हो ।

संस्थापनइतर समूहले गठबन्धन टुट्नुको कारण र चुनावी समीक्षा गर्न बैठक बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बताईएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक यहीँ पुष २८ मा बस्ने भएको छ । २२ गते बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दलको बैठक बस्नुपर्ने भन्दै कांग्रेसले पुष २८ मा बैठक सारेको मुख्य सचिव कृष्णप्रसाद सिटौलाले जानकारी दिएका छन् ।