• बैशाख २८ २०८३, सोमबार

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता आज चयन गर्ने

पुष २० २०७९, बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ । आज (बुधबार) १९ मध्ये ७ जना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने भएको हो ।

कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट र मानबहादुर रावले दाबी गरेका छन् ।

निर्वाचनका लागि कांग्रेस प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कांग्रेस प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा बनेको निर्वाचन कमिटीमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा कांग्रेस प्रदेश सदस्यहरू सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन् ।

सुदूरपश्चिम प्रदेशसभामा १९ सदस्यसहित कांग्रेस सबैभन्दा ठुलो दल हो ।