काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।
आज मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले देशभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताएका हुन् । । उनले नेपालमा खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले देश गरिब भएको भन्दै चिन्ता व्यक्त गरे ।
सांसद गौतमले खाद्यान्न, फलफूल, औषधिलगायतको उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सके देशभित्र नै रोजगारी सिर्जना हुने बताए।
उनले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग, कारखाना निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए । नेपाली कांग्रेस नेतृत्वको सरकारले विगतमा सरकारी उद्योगलाई अफ्ठ्यारो पार्ने र निजीकरण गर्ने काम गरेको बताए ।