• बैशाख २८ २०८३, सोमबार

पशुपतिबाट माया र प्रेमले लिए पद तथा गोपनीयताको सपथ

पुष १९ २०७९, मंगलवार

काठमाडौं । संसदको जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलेले मंगलबार शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानून समितिको हलमा सांसदद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका आले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । राई कांग्रेसबाट समानुपातिक सांसद बनेकी हुन् ।