• बैशाख २८ २०८३, सोमबार

अर्थमन्त्री पौडेललाई प्रधानमन्त्री प्रचण्डको प्रश्न- एयरपोर्टमा सरकारको निर्णय किन कार्यान्वयन भएन ?

पुष १९ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने दिएको निर्देशन एयरपोर्ट भन्सार कार्यालयले पालना नगरेको असन्तुष्ट व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई मंगलबार बिहान टेलिफाेनमार्फत सरकारले दिएको निर्देशन कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री प्रचण्डले चासो राखेका हुन् । साथै प्रचण्डले अर्थमन्त्री पौडेललाई फोनमार्फत विदेशबाट ल्याइएको माेबाइल जफत गर्ने कार्य तत्काल रोक्न निर्देशन दिएका छन् ।

सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल सेट एयरपोर्टका कर्मचारीले जफत गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले मंगलबार बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।