काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको पदाधिकारी बैठकमा तत्काल सरकारमा सहभागी नहुने भनेर राप्रपा र नागरिक उन्मुक्ति पार्टीले खबर पठाएको ब्रिफिङ गरेका थिए।
राप्रपाले सरकार बनाउन समर्थन गरेका छौँ, हाम्रा एजेण्डा पनि सरकारमै गइहाल्ने छैनन्,’ प्रचण्डले ब्रिफिङमा भने, ‘नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीलाई रिहाइ नहुन्जेसम्म सरकारमा सामेल नहुने जानकारी केही समय सहभागी नहुने जानकारी आएको छ।’