• बैशाख २८ २०८३, सोमबार

प्रचण्ड प्रधामन्त्री नियुक्ति भएकोमा अमेरिकाको बधाई

पुष ११ २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई दिएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार बधाई दिएका हुन् ।

उनले नेपाल र अमेरिका बीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर रहेको उल्लेख गरेका छ्न्।