काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेका दलहरुको बैठक केहीबेर अघि सुरु भएको छ ।
संघीय संसद् भवन बानेश्वरमा सात दलीय गठबन्धनको बैठक सुरु भएको हो ।
बैठकमा दलहरु मन्त्रालय बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन छलफलमा सुरु भएको छ ।
हिजो (आइतबार) ६ दलको समर्थनमा प्रचण्डले प्रधानमन्त्री पदमा दाबी गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नै प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।