काठमाडौं । मन्त्री छान्न बालकोटमा नेकपा (एमाले) अध्यक्षसहित शीर्ष नेताको बैठक सुरु भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहित अन्य शीर्ष नेताको बैठक सुरु भएको हो ।
बैठकले प्रचण्ड नेतृत्व सरकारमा क-कसलाई, को-को मन्त्री पठाउने निर्णय गर्ने स्रोतले बताएको छ ।