काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ, हतारो र आवेगमा कुनै निणर्य नगर्न अपिल गरेका छन् । सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबीच सहमति हुन नसकेपछि शर्माले सो अपिल गरेका हुन् ।
उनले आलोचनाकाबीच गठबन्धन गर्ने तर अपेक्षाबीचमा जोगाउन नसक्ने अवस्था आउन दिन नहुने बताएका छन् । विकल्पहरूको विकल्पमा जुट्नुको विकल्प नरहेको शर्माको भनाई छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हठ, हतारो र आवेगमा कुनै निणर्य नगरौँ ! आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न । समयले अभिभावकत्व खोजेको छ । यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प छैन !’