• श्रावण ८ २०८३, शुक्रबार

सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा नेताहरु जुटे बैठकमा

पुष १० २०७९, आईतवार

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका महामन्त्रीदेखि माथिका पदाधिकारी सहभागी छन् ।

आइतबार नै राप्रपा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले बालकोटमा नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले भने बालकोट बैठकमा नबसी पार्टीको बैठक बोलाएका हुन् ।