काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा चार दलको बैठकको बीचमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सहभागी भएका छन् ।
ओलीले उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना गर्दै भने ‘स्वास्थ्यलाभ गरी फर्कनु भयो । अब चीज अघि बढ्यो ।’
नेता वर्षमान पुन चुनावपछि स्वास्थ्यमा समस्या देखिएपछि चीन गएर उपचार गरेर फर्किएका हुन् ।