• बैशाख २८ २०८३, सोमबार

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रचण्ड

पुष १० २०७९, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

बालुवाटारमा सत्ता गठबन्धनमा भएको छलफल निष्कर्शमा नपुगेपछि प्रचण्ड केही समय खुमलटार बसेर ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्री को हुने भन्ने सत्ता गठबन्धनमा रस्साकस्सीका बीच प्रचण्ड ओली निवास पुगेका हुन् ।

प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री हुन चाहन्छन् । तर नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो दावी नछाडेपछि उनी गठबन्धनको बैठक छाडेर बालकोट पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ ।