• जेष्ठ ७ २०८३, बिहीबार

हत्याको अभियोगमा एक महिला पक्राउ

पुष ९ २०७९, शनिबार

काठमाडौं।आफ्नै जेठाजुको हत्या गरेको आरोपमा रनमाष बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । हिजो शुक्रबार झापाको कन्काई नगरपालिका -४ बस्ने ५५ वर्षीय पदम लाल बास्तोलाको हत्या गरेको अभियोगमा ४८ वर्षीया रनमाया बास्तोला पक्राउ परेका हुन् ।

शिबसताक्षी नगरपालिका- १० टेक्रास्थित माईखोलाको बगरको कासघाँरीमा बिहीबार पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए ।

रनमायाले बुधबार मृतकसँग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा खुलासा भएको छ ।

घटनाको विस्तृत जानकारी पाउन प्रहरीद्वारा थप अनुसन्धान जारी छ ।