• बैशाख २८ २०८३, सोमबार

बालुवाटारमा गठबन्धन दलको बैठक बस्दै

पुष ९ २०७९, शनिबार

काठमाडौं। सत्ता गठबन्धन दलको नयाँ सरकार गठनबारे छलफलका लागि बैठक बस्दैछ ।

बैठम आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस प्रवक्ता डा .प्रकाशशरण महतले जानकारी दिएका हुन् ।

सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच बैठकमा छलफल हुने महतले बताए ।

निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।

यसअघि बसेका सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष टुङ्गिँदै आएको छ ।