• बैशाख २८ २०८३, सोमबार

स्वतन्त्र सांसद लालवीर चौधरी छोराकै पार्टीमा प्रवेश गरे

पुष ८ २०७९, शुक्रबार

काठमाडौं । बर्दिया-२ बाट विजयी भएका स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
स्वतन्त्र सांसद लालवीर चौधरी छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार औपचारिक रुपमा प्रवेश गरेका हुन् ।

लालबीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएकी थिइन् । लालवीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेशमकी श्रीमती हुन् ।

लालबीर गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा बर्दिया-२ बाट २६ हजार (२) मत ल्याएर निर्वाचित भएका थिए ।

लालवीरले सत्ता गठबन्धनका उम्मेदवार सुरेश पन्थ र एमाले गठबन्धनका उम्मेदवार पंकजसिंह राठौरलाई पराजित गरेका थिए । योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।