• जेष्ठ ७ २०८३, बिहीबार

निहिता र उनकी आमालाई भेट्न चाहेनन् शोभराजले

पुष ८ २०७९, शुक्रबार

काठमाडौं । कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजले निहिता विश्वास र उनकी आमा सकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन् । निहिता र शकुन्तला शोभराजलाई भेट्न अध्यागमन विभाग पुगे पनि उनले भेट्न अस्वीकार गरे ।

एक प्रहरी उच्च अधिकारीका अनुसार शोभराजले कानुन व्यवसायीलाई भेट्न भित्र बोलाए पनि निहिता र उनकी आमासँग भने भेट्न अस्वीकार गरेका हुन् । यता, निहिता र उनकी आमा भने प्रहरीले भेट्न नदिएको भन्दै आक्रोशित भएका छन् ।

यसैबीच, अध्यागमनले आफ्नो तर्फबाट गर्ने सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको बताएको छ । नेपालस्थित फ्रान्सेली दूतावासले गर्ने काम मात्रै बाँकी रहेको अध्यागमन स्रोतले बताएको छ ।

शोभराजले आफू आजै स्वदेश फर्किन चाहेको बताएका छन् । उनले कागजी प्रक्रिया पूरा गरिदिन माग गर्दै आजै फ्रान्स फर्किन चाहेको बताए । शोभराजलाई केन्द्रीय कारागार सुन्धाराले आज मध्याह्न रिहा गरेको थियो ।