• बैशाख २८ २०८३, सोमबार

भागवत गीता छोएर सांसदको सपथ खाएका डा. शर्माले गरे भ्रष्टाचार नगर्ने अठोट

पुष ७ २०७९, बिहीबार

काठमाडौं । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भागवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् ।

सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।

चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भागवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ ग्रहण गराएका हुन् ।

भागवत गीतामा कृष्णले अर्जुनलाई सत्यको पक्षमा लाग्न र असत्य, अन्याय, अत्याचारको विरुद्धमा लड्न शिक्षा दिएको हुनाले सोही मार्ग पछ्याउँदै आफूले पनि भागवत गीतालाई साक्षी राखेर कसम खाएको सांसद शर्माको भनाई छ ।