• बैशाख २८ २०८३, सोमबार

मधेश प्रदेशमा हाम्रो दावी स्वभाविक: सिके राउत

पुष ७ २०७९, बिहीबार

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके)राउतले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दावी रहने स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन् ।

उनले मधेश प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दावी रहने बताए । उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए।

अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए ।

उनले मधेश प्रदेशमा शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने बताए ।

कुनै पनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा पार्टी प्रतिवद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेमा आफू लाग्ने बताए ।

अध्यक्ष राउतले आफ्नो दलको सिमित संख्याको भरमा सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताए ।