• बैशाख २८ २०८३, सोमबार

कांग्रेस र एमाले मिलेर सरकार बनाउन भन्ने चाहना छ : लिङ्देन

पुष ७ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको चाहना कांग्रेस र एमाले जस्ता ठूला दलहरू मिलेर सरकार बनाउनु पर्ने बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले यदि कांग्रेस र एमालेले सरकार बनाउन नसकेमा गठबन्धनकै सरकार बन्नुपर्ने बताए ।

राप्रपा सरकारमा जानेगरी आफूलाई अघि नसारेको लिङ्देनले बताए । ‘ठुला राजनीतिक दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ । नभए अहिलेको गठबन्धनले सरकार बनाओस्’ लिङ्देनले भने, ‘हामी प्रतिपक्षमा बस्छौं भन्ने छ । सरकार बन्न नसकेमा वा आवश्यकता भएमा छलफल गरेर अघि बढ्सक्छौं ।’

यदि राप्रपा सरकारमा जाने अवस्था आएमा हिजोको जस्तै अवस्थामा काम गर्नेगरी नजाने लिङ्देनले बताए । सेवा प्रवाहका दृष्टिकोणले फरक ढंगडले काम गर्नेगरी सरकारमा जाने उनले बताए ।