काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने गठबन्धनकै सरकार बन्ने बताएका हुन्। उनले भने, ‘गठबन्धनकै सरकार बन्छ।’
प्रचण्डले आलोपालो रुपमा प्रधानमन्त्री बन्ने विषयमा पनि छलफल भइरहेको बताए।