• बैशाख २८ २०८३, सोमबार

नवनिर्वाचित सांसदहरुले सपथ लिए, १४ जना अनुपस्थित

पुष ७ २०७९, बिहीबार

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक समारोहका बीच सांसदहरुले सपथ लिएका हुन्।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अन्य सदस्यलाई सपथ ग्रहण गराएका हुन्। सपथ कार्यक्रम अगाडि सम्बोधन गर्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले नेपालीबाहेक १४ भाषामा सपथ खाने भनेर सांसदहरुले नाम टिपाएको उल्लेख गरेका थिए।

सपथपछि सदस्यहरुले सपथ पत्रमा हस्ताक्षर पनि गरेका थिए। नेपालीबाहेकका मातृभाषामा सपथ लिनेहरुले नेपाली भाषा र मातृभाषा दुवै सपथ पत्रमा हस्ताक्षर गरेका थिए।

१४ सांसद अनुपस्थित

प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।