• बैशाख २८ २०८३, सोमबार

सांसदहरुको शपथ ग्रहण अगावै सर्वदलीय बैठक आव्हान

पुष ७ २०७९, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । संसद्को ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि बिहान १२ बजे सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

राणाले प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । राणाले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।