• बैशाख २८ २०८३, सोमबार

सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै रविलाई सपथको लागि बाटो खुल्यो

पुष ६ २०७९, बुधबार

काठमाडौं । रवि लामिछानेसहित निर्वाचनसम्बन्धी २१ वटाकाे मुद्दाकाे सुनुवाइ सकिएकाे छ। लामिछानेका दुई मुद्दासहित अन्य १९ वटा मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमा सकिएकाे हाे।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको उम्मेदवार बन्न योग्यता नै नपुगेको भन्दै उनलाई शपथ ग्रहण गर्न रोक लगाउन माग गर्दै दुईवटा रिट निवेदन परेका थिए।

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यमा शपथ ग्रहणका लागि बाटो खुलेको छ।

सिन्धुली घर भएका युवराज पौडेल ‘सफल’ले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै रविलाई शपथको बाटो खुलेको हो।

रवि मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। उनको नागरिकता अवैधानिक भएको भन्दै पौडेलले संवैधानिक इजालसमा रिट हालेका थिए।

उक्त रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भएको हो।