• बैशाख २८ २०८३, सोमबार

सत्तारुढ गठबन्धनको बैठक बस्दै

पुष ६ २०७९, बुधबार

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । आ (बुधबार) शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको हो ।

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । बैकठ बस्नेबारे समय भने निर्धारण गरिएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन् ।

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।