• जेष्ठ ७ २०८३, बिहीबार

झारफुकको नाममा कानमा तेल खन्याइ यातना दिने माता पक्राउ

पुष ४ २०७९, सोमबार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-६ स्थित जरङ्खुमा झारफुकको नाममा महिलालाई चरम यातना दिइएको छ । आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले भोजपुर घर भएकी ३६ वर्षीया सविता राई ‘रुपा’लाई यातना दिएकी हुन् ।

झारफुक गरेर रोग निको पार्ने नाममा सचिताले पीडितलाई तातो तेल खन्याएर पन्युले डामेको आरोप छ । आफूलाई माता दावी गर्ने सचितालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ । झारफुकका नाममा सवितलाई माता र उनका सहयोगीले तातो तेल खन्याए पन्यु र त्रिशुलले डामेर खुकुरी समेत प्रहार गरेको पीडितको आरोप छ ।

सचिता र उनका सहयोगीको यातनाबाट घाइते भएकी पीडितको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आरोपी महिला सोमबार पक्राउ परेकी हुन् ।