• बैशाख २८ २०८३, सोमबार

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

पुष ४ २०७९, सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्ने भएको छ ।

आज (सोमबार) पार्टीको केन्द्रीय सचिवालयको बैठकले बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।

एकीकृत समाजवादीका १० जना सांसद छन् ।