• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रको बैठक बस्दै, मुख्य एजेण्डा- नयाँ सरकार गठनबारे निर्णय

पुष ३ २०७९, आईतवार

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को बैठक बस्ने भएको छ । आज (आइतबार) दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

पार्टी कार्यालय कोटेश्वरमा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार निर्माण लगायतका एजेण्डामा निर्णय हुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम नतिजा बुझाएसँगै दलहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँडको बहस सुरु भएको छ ।