• बैशाख २८ २०८३, सोमबार

एमाले अध्यक्ष ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता

पुष २ २०७९, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरण लगायत  समसामयिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठुलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।