काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ ।
लललितपूरको बालकुमारीमा जसपाले आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय राजनीतिक समितिको बैठक बोलाएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका हुन् ।
बैठकका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको छ ।