• जेष्ठ ७ २०८३, बिहीबार

घट्यो पेट्रोलको मूल्य

पुष २ २०७९, शनिबार

काठमाडौं । आजदेखि डिजेल, पेट्रोल र मट्टीतेल घटेको छ नेपाल आयल निगमले मूल्य घटाउने निर्णय हिजो गरे पनि कार्यान्वयन आजदेखि भएको हो ।

निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो । अब पेट्रोल लिटरकाे १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पाइन्छ ।