तनहुँ । तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्को हत्या गरेकी हुन् ।
बुधबार साँझ मदिरा सेवन गरी विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
श्रीमतीको कुटपिटबाट गम्भीर बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।